बाग्मती प्रदेस स्तरिय कराते प्रतियोगिता सम्पन्न
स्वास्थ्यका लागी खेलकुद राष्ट्र्का लागी खेलाडी, भन्ने नारा सहित म्यागङ गाउपालिका वडा नम्बर ५ सामरीमा बाग्मती प्रदेस स्तरिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल सितोरियो कराते डो सामरी कल्लाबारी डोजो नुवाकोट र म्यागङ गाउपालिकाको आयोजनमा भएको प्रतियोगितामा बाग्मती प्रदेसका नुवाकोट काठमाडौ रसुवा सहित ९ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा १३ स्वर्ण १० रजत र १७ कास्य पदक जित्दै नुवाकोट प्रथम भएको छ भने ४ स्वर्ण र ४ कास्य पदक सहित सिन्धुपाल्चोकले दित्तिय स्थान हासिल गरेको छ । यस्तै ३ स्वर्ण १ रजत र ८ कास्य पदक जित्दै काठमाडौले तित्तिय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट अनुसासित खेलाडी समुह धादिङ भएको छ भने उत्कृष्ट पुरुष खेलाडी ललितपुरका अभिषेक तामाङ भएका छने । यस्तै उत्कृष्ट महिला खेलाडी भक्तपुरका रुक्साना दुवाल भएका छन् ।
यस्ता कार्यक्रमहरु भैरहदा खेलाडी लाई अबसर मिल्नुका साथै खेलाडीको आत्मबल बढने भएकोले कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक तथा सामरी कल्लाबारी डोजो नुवाकोटका कोच गणेश तामाङले बताउनु भयो । तामाङले आगामी दिनमा यस्ता कार्यक्रमहरु आगामी दिनमा पनी संचालान गर्ने बताउनु भयो ।
यस्ता प्रतियोथिगाहरुले राट्र्यि तथा अन्तराट्र्यि स्तरमा आफ्नो र आफ्नो जिल्लाको नाम पु¥याउन सहयोग गनुको साथै अनुभव बटुल्न सहयोग पुग्ने बेल्कोट गाढी नगरपालिका वडा नं ९ का कराते खेलाडी पुस्पका लामाले बताउनु भयो ।
प्रतियोगिताका बिजयी खेलाडीहरु लाई म्यागङ गाउपालिकाका प्रमु आशा तामाङ र उपप्रमुख सिता तामामङले मेडल तथा पुरस्कार बितरण गरेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस