पैसाको लागी म राजनितिमा आएको होईन / सुमनबिक्रम पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सुमनबिक्रम पाण्डेले नुवाकोटको पर्यटन प्रबद्र्धन र बिकासका लागि लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले ३३ बर्षको आफ्नो लामो पर्यटन क्षेत्रको अनुभबलाई जिल्ला र केन्द्रका बीचमा जोड्ने पुलको काम गर्ने बताए ।
उनले जिल्लाको परिवर्तन र विकासका लागि आफुले जित्नुको विकल्प नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न क्षेत्र नं २ का नागरिकहरूसंग अपिल गरेका छन् । भर्खरै स्थापना भएको पार्टी भएपनि नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको महौल उल्लेख्य स्थापित हुँदै गएको उनको भनाई रहेको छ ।
विभिन्न क्षेत्रमा काम गर्ने जिल्लाका नागरिकहरूको आग्रहमा उम्मेदवारी दिएको उनको भनाई छ । पुराना राजनीतिक दलहरूसंग नागरिक वाक्कदिक्क भएकोले आफ्नो सम्भावना बलियो रहेको तर्क पाण्डेको छ । ‘हामी त भिजनसहित आएका छौं, हामी राजनीतिबाट कमाउनका लागि पनि होइन’ पाण्डेले भने– हाम्रो उद्देश्य सेवा र विकासका लागि भन्नेमा सबै क्लियर छन् ।’
आफ्नो राजनीतिक यात्रको उद्देश्य नुवाकोटलाई अर्को तहको विकास चरणमा प्रवेश गराउने रहेको सुमनविक्रम पाण्डेले बताएका छन् । पर्यटन ब्यवसायबाट नै आफ्नो व्यक्तिगत उन्नती भइसकेकोले पदको दुरुपयोग नगर्नेमा आफु पर्ने र नुवाकोटको सम्वन्ध अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने हैसियत आफ्नो रहेको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस