Techie IT
गृहपृष्ठसमाचारयूवाहरुको रोजाईमा पर्दै घण्टी चिन्ह्रका उमेद्दवार सुमनबिक्रम पाण्डे

यूवाहरुको रोजाईमा पर्दै घण्टी चिन्ह्रका उमेद्दवार सुमनबिक्रम पाण्डे


नुवाकोट क्षेत्र नं२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् सुमन विक्रम पाण्डे ।

करिब ३३ वर्ष लामो समय पर्यटन क्षेत्रमा रहेर काम गर्दै आएका पाण्डे अनुभव र क्रियाशिलताका हिसाबले पनि एउटा खुल्ला विश्वविद्यालय नै भएको युवाहरूको बुझाई छ ।

लामो समय पर्यटन क्षेत्रमा रहेर काम गरेको अनुभव र ज्ञानमात्र नभएर नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनको साक्षी पाण्डे हाल दुई वाटा हवाइजहाज कम्पनीसहित १८ कम्पनीका मालिकसमेत हुन् ।

यस अर्थमा आर्थिक सक्षमता, ब्यावसायिक सफलता र व्यवास्थपिकय अब्बलता सबै हिसाबमा पाण्डे नुवाकोटका लागि अति आवश्यक व्यक्ति भएको युवाहरूको ठहर छ ।

ब्यावसायिक जीवनसँगै नुवाकोटका हरेक गतिविधिमा सेवा भावसहित उपस्थित रहेन र त्यहाँका स्थानीय नागरिकको शैक्षिक, आर्थिक होस वा सामाजिक स्तर उकास्नका लागि सदैव सक्रिय रहँदै आएका पाण्डे मसिंर ४ गतेको निर्वाचनमा युवाहरूको पहिलो रोजाइमा पर्न सक्ने उनीहरू बताउँछन् ।

पाण्डेका विषयमा युवा अभियान्ता सरोज बानियँ भन्छन्, ‘सुमन पाण्डे एक हिसाबले एउटा खुल्ला किताब जस्तै खुल्ला विश्व विद्यालय हुनुहुन्छ। जस्तै सयौं युवालाई उत्प्रेरणा दिँदै आउनु भएको छ र विभिन्न तालिम दिएर, ज्ञान र सीप सिकाएर युवाहरूलाई आत्मनिर्भर हुन उत्साह प्रदान गर्दै आउनु भएको छ’, वानियाँ थप्छन्, ‘नुवाकोटको राजनीतिमा यदि सुमान पाण्डेको आगमन हुने हो भने म जस्तै हजारौं युवाका लागि एउटा अवसर हुने छ । शैक्षिक, आर्थिक र सामाजिक सबै पक्षबाट नुवाकोटको समृद्धिमा उहाँको विशेष भूमिका रहने छ।’

यस्तै अर्का युवा किसन अधिकारी नुवाकोटको समग्र विकासका लागि सुमन पाण्डेको आवश्यकता रहेको बताउँछन् । उनी भन्छन्, ‘हार जितको विषय एकातिर होला तर, उहाँ प्रतिस्पर्धामा आउनु नै ठूलो कुरा हो र नुवाकोटको राजनीतिमा उहाँको उपस्थिति नै विशेष हुने छ’ , उनी थप्छन्, ‘उहाँ एक क्षमता भएको मान्छे हो, र उहाँ जस्तो मान्छे आएर केहि गर्नुहुन्छ भन्ने सबैलाई आशा पनि छ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस