५ वर्षका लागि आर्चायलाई पार्टीबाट निष्काशन गर्दै नेपाली कांग्रेस नुवाकोट
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले आफ्नो क्रियाशिल सदस्य विदुर नगरपालिका वडा नम्बर ५ का दिनेश आचार्यलाई पार्टीबाट ५ वर्षका लागि निष्काशन गरेको छ ।
अनुशासन कमिटिका संयोजक श्रीराम श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वारविरुद्ध सामाजिक संजाल फेसबुकमा नकरात्मक अभिव्यक्ति दिएको भन्दै आचार्यलाई ५ वर्षको लागि पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।
आचार्यलाई नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहितको) धारा ३४ उपधारा ४ को खण्ड ख बमोजिम नेपाली काँग्रेसको क्रियाशिल सदस्य नरहने गरी ५ बर्षका लागि पार्टीबाट निष्काशन गरिएको नेपाली कांग्रेस नुवाकोटद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
आचार्यले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ मा साझा उम्मेद्धवार रहेका अर्जुननरसिंह केसीको बारेमा सामाजिक संजालमा लेख लेखेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस