Techie IT
गृहपृष्ठसमाचारप्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक


प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले १३ ,एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले एक ठाउँमा जित हासिल गरेका छन् ।

काङ्ग्रेसतर्फ डडेलधुरा १ बाट प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौँ ५ बाट प्रदीप पौडेल, मुस्ताङ १ बाट योगेश गौचन थकाली, रसुवा १ बाट मोहन आचार्य, मनाङ १ बाट टेक बहादुर गुरुङ, काठमाडौँ १० बाट राजेन्द्र बहादुर केसी, ललितपुर १ बाट उदय शमशेर जबरा, सुर्खेत २ बाट हृदयराम थानी, काठमाडौँ ३ बाट सन्तोष चालिसे, तनहुँ २ बाट शङ्कर भण्डारी, पर्सा ४ बाट रमेश रिजाल, काठमाडौँ १ बाट प्रकाशमान सिंह, काठमाडौँ ४ बाट गगनकुमार थापा विजयी हुनुभएका छ ।

यस्तै एमालेतर्फ काठमाडौँ ९ बाट कृष्ण गोपाल श्रेष्ठ, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, ललितपुर २ बाट प्रेम बहादुर महर्जन विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ काठमाडौँ २ मा सोविता गौतम, काठमाडौँ ७ मा गणेश पराजुली र काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

एकीकृत समाजवादीतर्फ अछाम १ बाट शेर बहादुर कुँवर विजयी हुनुभएको छ । राप्रपातर्फ बारा २ बाट धवलशमसेर राणा तथा नेपाल उन्मुक्ति पार्टका तर्फबाट कैलाली ३ बाट गङ्गाराम चौधरी विजयी हुनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस