Techie IT
गृहपृष्ठसमाचारजितेकाले सपथ नखादै हारेका उमेद्दवार लागे जनताको सेवामा

जितेकाले सपथ नखादै हारेका उमेद्दवार लागे जनताको सेवामा


नुवाकोटबाट निर्वाचित सांसदहरु शपथको पर्खाईमा भैरहदा नेकपा एमालेका तर्फबाट नुवाकोट क्षेत्र नं १ प्रदेश ख मा उम्मेद्वार दिएका पूर्णलाल श्रेष्ठ भने चुनावको बेला जनता संग गरेको प्रतिवद्दता पुरा गर्न लागी परेका छन् ।
आफु हारेपनी जनताकै सेवामा रहेको भन्दै श्रेष्ठले नेकपा एमाले नुवाकोटका नेता जित बहादुर बलामीको साथमा काम शुरु गरेका छन ।
उनले नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग भेट गरी ककनी गाउपालिका वडा नं १ मा विद्युत् नपुगेका ठाउँ र समस्या रहेको ठाउँ डाँडाँगाउँ, खुशीमार, गंगर, बसिबुँ, पिलौसी, तिर्चो, पिलासी, हातिडाँडाँ लगायतका ठाउँमा विद्युत् लाइन विस्तार हुने गरी समस्या समाधानको लागि पहल गरेका छन् ।


प्राधिकरणले एक महिना भित्र समस्या समाधान गर्ने गरी काम थाल्ने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100

प्रतिक्रिया दिनुहोस