मोबाईलको लागि वृद्ध दम्पतीको हत्या
धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहाले गाउँका वृद्ध दम्पतीको हत्या गरेको आरोपमा दुई जना किशोर पक्राउ परेका छन् । सोमबार राती आहालेका गाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र उनकी श्रीमती ६५ वर्षीय नीरमाया आलेमगरको आफ्नै घरमा हत्या गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।
प्रहरीले आहाले गाउँकै १३ र १५ वर्षिय दुई किशोरलाई नियन्त्रणमा लिएको हो। घटना मोबाईलको लागि घटाएको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्यापछि मोबाईल जंगलमा लगेर लुकाएको अवस्थामा फेला परेको र घटनामा प्रयोग भएका धारिलो हतियार समेत उनीहरुले नै देखाएको आधारमा बरामद गरिएको प्रहरी नायव उपरीक्षक खत्रीको भनाई छ । उनीहरु नाबालक भएको र अनुसन्धान बाँकी नै रहेकोले अहिले हिरासतमै राखिएको खत्रीले बताए ।आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
आएका वृद्ध दम्पतीहरूलाई सोमबार बिहान ८ बजे स्थानीयले मृत अवस्थामा फेला पारेपछी प्रहरीलाई खवर गरेका थिए । घटना भएलगत्तै गाउँ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोली र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानको टोली सहितको तालिमप्राप्त कुकुरले घटनाको सूक्ष्म अध्ययन गरेको थियो ।
क्याटेगोरी : समाचार, अपराध
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस