Techie IT
गृहपृष्ठसमाचारदुईसय २५ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट

दुईसय २५ रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट


उदयपुरमा दुईसय २५ रोपनी जग्गामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । जिल्लाको ताप्ली गाउँ पालिका क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेशकुमार पोदारका अनुसार ताप्ली गाउँपालिका वडा नम्बर १, २ र ५ को डाँडागाँउ, बछाङ, जोरढुङगा, धपेनी, पिपलभञ्ज्याङ, मादलेका गाउँमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो । दुईसय २५ रोपनी जग्गामा अवैध रुपमा लगाईएको ३० हजार बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको कार्य योजना बमोजिम अबैध गाँजा फडानी अभियान जारी रहेको छ । सोही क्षेत्रको नजिक पर्ने गाउँहरुमा गाँजा नष्ट गर्न ईलाका प्रहरी कार्यलय कटारीका डीयस्पी रबिन कार्कीको कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गरि ३९ प्रहरी परिचालन गरि गाजा नस्ट गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस