नुवाकोटको बट्टारमा माघ ७ गते सोनाम ल्होछार कार्यक्रम हुने ।
नुवाकोटको बट्टारमा आगामी माघ ७ गते तामाङ समुदायको महान पर्व २८५९ औ सोनाम ल्होछार कार्यक्रम हुने भएको छ ।
आईतबार नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति नुवाकोटले पत्रकार सम्मेलन गर्दै ल्होछारको अवसरमा तामाङहरुको सस्कृती झल्काउने सांस्कृतिक कार्यक्रम तथा जनप्रतिनिधि सम्मान गर्ने कार्यक्रम रहेको बताएको छ ।
नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव एंव ल्होछार समारोह समितिका संयोजक जयमान वाइवा तामाङका अनुसार कार्यक्रममा वाग्मती प्रदेश सांसद एवं निवर्तमान उपसभामुख राधिका तामाङको आतित्यता रहने छ । कार्यक्रममा तामाङ संस्कार, संस्कृति झल्किने लामा, बोन्पो ९झाँक्री० नाच, म्हेन्दोमाया, सेलोलगायत प्रस्तुति रहने नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव एंव ल्होछार समारोह समितिका संयोजक तामाले बताएका छन् । बाईट तामाङको धर्म, संस्कार संकृति, भेषभूषा संरक्षण संवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष नुवाकोटमा पनि ल्होछार कार्यक्रम हुँदै आएकोमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण केही वर्षदेखि रोकिएको थियो । कार्यक्रममा हालै सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनमा निर्वाचित तामाङ समुदायका जनप्रतिनिधिहरूलाई पनि सम्मान गरिने कार्यक्रम रहेको बताईएको छ ।
तामाङ समुदायले यस वर्ष सोनाम ल्होछार ताक/च्यान ल्हो (बाघ वर्ग) को बिदाई र ह्योयी/तावर ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै ल्होछार मनाउँदै छन् । यस वर्ष तिथि अनुसार ल्होछारको मुख्य दिन माघ ८ गते परेको छ । त्यस दिन नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस