रवि लामिछानेको पुरानै नागरिकता पुन: कायम
वि लामिछानेको पुरानो नागरिकता पुनः कायम भएको छ । आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएका हुन् ।
लामिछानेले २०५० सालमा लिएको नम्बर नै उल्लेख भएको नागरिकता प्राप्त गरेका हुन् ।
सर्वोच्च अदालतले शुक्रबार अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुन बमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए । लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए ।
त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।
क्याटेगोरी :
समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस