बुद्धभूमि हाइड्रोपावरको नाफा बढ्यो
नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८४ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
असोज मसान्तसम्ममा यसले ४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले विद्युत बिक्रीबाट ३ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको वित्तीय खर्च ३ करोड ५९ लाख रुपैयाँ रहेको छ । असोज मसान्त सम्म कम्पनीको वित्तीय खर्च १ करोड ५१ लाख रुपैयाँ रहेको थियो । विद्युत उत्पादन सुरु गरेसँगै यसको नाफा बढ्को हो ।
बुद्धभूमिको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ५ करोड ८६ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण) ४ रुपैयाँ २३ पैसा पुगेको छ ।
यसको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ६५ पैसा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस