फागुनमा मात्र १२ दिन बिदा (लिस्ट सहित)
फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्। विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। आज फागुन १ गते सरकारले जनयु’ द्ध दिवसको बिदा दिएको छ। ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ।
मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन्। यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ। फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ।
प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन्। राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका छन्। तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयु’ द्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएका छन् ।जनयु’ द्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आ’ न्दोलन ‘जनयु’ द्ध’को औचित्य सिद्ध गर्न सरकारले बिदा दिने निर्णय गरेको बताए ।
उनले भने, “हामीलाई असफल हुने छुट छैन । केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आ’ न्दोलनले यसको औचित्य सिद्ध गर्नका लागि दृढ भएर अगाडि बढ्नुको आवश्यकता छ । जन यु’ द्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको हो ।”
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभइ राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे ।“मैले यो क्याबिनेटबाट निर्णय गराएको छु । यो अब माओवादीको मात्र नभइ राष्ट्रकै सम्पत्ति बन्न पुग्यो,” प्रधानमन्त्री प्रचण्डले भने ।साथै, उनले पुनः माओवादी आ’ न्दोलनलाई एकीकृत गर्नेगरी आफू लागेको बताए ।
“यो हामी सबैको लागि खुसीको कुरा पनि हो । आ’ न्दोलनलाई एकीकृत गर्नेगरी अघि बढिएको छ,” उनले भने । देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै उनले असफल हुने छुट आफूलाई नहुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस