सम्पन्न स्वबियु निर्बाचनबाट त्रिशुलीमा किरण मङग्राती र बट्टार क्याम्पसमा रबिन दाहालको नेतृत्व चयन
राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको संगठन स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु)को निर्वाचनमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस र त्रिभुवन त्रिशुली बहुमुखी कलेजको निर्वाचनमा संयुक्त प्यानलको समुह विजयी भएको छ । मतगणनाबाट नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त समुह विजयी भएको हो ।
नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा निर्वाचनबाट नेविसंघका रविन दाहाल ३ सय ४१ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनु भएको छ । यस्तै, सचिवमा अनेरास्ववियु क्रान्तिकारीका राजेन्द्र पनेरुले ४ सय ३० मत र कोषाध्यक्षमा अनेरास्ववियूका मनोज पौडेलले ३ सय ४० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
सदस्यहरुमा अश्विन रिमालले ३ सय ५१, सन्तोष पन्तले ३ सय २६, सुप्रिया पौडेलले ३ सय ५, जनक भट्टले ३ सय ४२, अस्मिता पौडेलले ३ सय ४, सञ्जिता रिमालले ३ सय ११ र प्रदिप ढुङ्गानाले २ सय ९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
प्रत्यक्ष निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएको रिजन प्रधानले सभापतिमा १ सय ७३ मत र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका फैसल दिनले १ सय ६८ मत प्राप्त गरेका छन् ।
समानुपातिकतर्फ २ सय ८६ मत सहित नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ । निर्वाचनमा नुवाकोट आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत १ हजार १ सय ४३ विद्यार्थी मतदाता रहेकोमा ७ सय ४२ मत खसेको थियो । नुवाकोट आदर्श वहुमुखी क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।
यसैगरी, त्रिभुवन त्रिशुली वहुमुखी कलेजको स्ववियु निर्वाचनमा संयुक्त प्यानलका किरण मगराती निर्वाचित हुनु भएको छ । आईतबार साँझनै सम्पन्न मतगणनाबाट मग्रातीले १ सय ४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका समिर तामाङले ८३ मत मात्र प्राप्त गरेका छन् ।
सचिवमा रिसाल तामाङले १ सय ६३, कोषाध्यक्षमा उर्मिला तामाङले १ सय ५१, शान्तबहादुर तामाङले १ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यहरुमा सन्तोषी सुर्खेतीले १ सय ४०, अशोक अधिकारीले १ सय ५०, सजना खातीले १ सय ४२ र तुलसा अधिकारीले १ सय २३ मत प्राप्त गरी विजयी भएका छन् ।
समानुपातिक तर्फ १ सय १४ मत सहित नेविसंघ पहिलो विद्यार्थी संगठन भएको छ भने अनेरास्ववियु ६० मतसहित दोस्रो भएको छ । दुई वटै क्याम्पसमा गठबन्धन प्यानलका उम्मेद्धवारहरु बिजयी भएका हुन् । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी निकट बिदार्थि सङगठनको संयुक्त प्यानल बनाएर दुई वटै क्याम्पस निर्बाचनमा होमिएका थिए । संयुक्त प्यानलले दुबै क्याम्पसमा जित हाँसिल गरेका हुन् ।
केन्द्रमा राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन फेरिएपछि त्यसको प्रभाव स्ववियु निर्वाचनमा परेको हो । देशभरका क्याम्पसहरुमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी र एकिकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववीयुले गठबन्धन गरेर चुनाव लढेका छन् ।
नुवाकोट क्याम्पसका विद्यार्थी संगठनहरुविच भएको सहमती अनुसार १९ सदस्यीय कार्यसमितिको प्रत्यक्षतर्फका १० सिटमा गठबन्धन गर्ने निर्णय भएको हो । करिव १२ वर्षपछि यस क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको हो ।
त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन भएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने ब्यबस्था गरेको थियो ।
स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन विसं २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस