सामुहिक बलात्कार कसुरमा चार जना दोषी ठहर
नुवाकोटको शिवपुरीमा दुईवर्ष अघि भएको सामहिक बलात्कार र डाका चोरीको घटनामा संलग्न चार जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । ३७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको कसरमा नुवाकोट जिल्ला अदालतले चार जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको हो।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले फागुन ३० गते गरेको अन्तिम फैसलामा शिवपुरी गाउँपालिका– ५ का २५ वर्षीय उमेश पाख्रिन र लिखु गाउँपालिका–२ का सानुकान्छा तामाङलाई जनही ६ वर्ष कैद सजाय, ४५ हजार रूपैयाँ जरिवाना र पीडितराहत कोषमा नौ सय रूपैयाँ दाखिल गर्ने फैसला भएको जिल्ला अदालतमा इजलास अधिकृत तथा सूचना अधिकारी रीता लामिछानेले जानकारी दिइन् ।
सूचना अधिकारी लामिछानेका अनुसार सोही घटनामा संलग्न शिवपुरी गाउँपालिका–५ का २९ वर्षीय रमेश तामाङ र लिखु गाउँपालिका–२ का २६ वर्षीय भूपेश घलेलाई जनही पाँच वर्ष कैद सजाय, ४० हजार रूपैयाँ जरिवाना र एक हजार रूपैया पीडित राहत कोषमा दाखिला गर्ने फैसला भएको छ । कसरदारहरूले २०७६ चैत २ गते राती पीडित महिलाको घरमा प्रवेश गरी बलात्कार गरी धनमालसमेत लुटेको भन्दै पीडितले जिल्ला पहरी कार्यालयमा चैत ३ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण चैत ३ गते त्रिशूली अस्पतालमा भयो ।
प्रहरीले उमेश र सानु कान्छालाई चैत ७ गते काठमाडौंबाट गिरफ्तार ग¥यो । उनीहरूलाई जिल्ला अदालतले ०७७ वैशाख ४ गते पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । सोही घटनामा संलग्न भई फरार रहेका भूपेश र रमेशलाई ०७७ साउन २४ गते काठमाडौंबाट गिरफ्तार ग¥यो र अदालतले साउन २५ गते पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
यो समाचार त्रिशुली खबर मा प्रकासित छ
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस