Techie IT
गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

निगमको निर्णयअनुसार डिजेल प्रतिलिटर १० र पेट्रोलमा ३ रुपियाँले मूल्य घटेको छ । निगमका अनुसार डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपियाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपियाँले घटाउने निर्णय भएको छ । सो घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमको भनाइ छ । खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस