Techie IT
गृहपृष्ठसमाचारबैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग छलफलमा रहेको बताए ।

उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने उनले बताए । सरकारले पछिल्लो अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि उनको भनाइ छ ।

उनले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए । प्रधानमन्त्री दाहालले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको बताए ।

प्रधानमन्त्री दाहालले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस