Techie IT
गृहपृष्ठसमाचारपञ्चकन्यामा मानसिक स्वस्थ्य शिबिर सम्पन्न

पञ्चकन्यामा मानसिक स्वस्थ्य शिबिर सम्पन्न


पञ्चकन्या गाँउपालिकाको वडा नमबर १ को बानियाँटार स्वस्थ्य चौकी र वडा नम्बर ५ को भद्रुटार स्वस्थ्य चौकीमा सञ्चालन गरिएको स्वस्थ्य शिबिरबाट ५४ जना बिरामीले लाभ लिएका छन् ।

सबैका लागि मानसिक स्वास्थ र मनोसामाजिक सुस्वास्थ्य भन्ने नाराका साथ कोशिश नेपालले सामाजिक चेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, नीति निर्माण, नितिको कर्यान्वयन, मानसिक स्वास्थमा पहुँच वृद्धि, मानसिक स्वस्थ्यमा मनोसामाजिक परामर्श र उपचारात्मक सेवा प्रदान गर्दै आइरहेको छ ।

शिबिरमा वडा स्तरीय मानसिक स्वस्थ्य स्वबलम्बनको संगठनको सहकार्यमा चैत्र २९ गते बानियाँटार स्वस्थ्य चौकी र चैत्र ३० गते भद्रुटार स्वस्थ्य चौकीमा स्वस्थ्य शिबिर सम्पन्न गरेको परियोजना संयोजक लोक प्रसाद गौतमले जानकारी दिनुभएको छ ।

शिबिरमा जिल्ला त्रिशुली अस्पतालका मनोचिकित्सक डाक्टर अनुशा मानन्धरले मनोसामाजिक चिकित्सकिय सेवा र कोशिश नेपालका मनोबिद सफल सापकोटा, सैलेन्द्र शर्मा र अनुप आचार्यले मनोसामाजिक परामर्श दिनुभएको थियो ।

संयोजक लोकप्रसाद गौतमका अनुशार संबिधानले आधारभुत स्वास्थ सेवा पाउनु नागरिकको मौलिक हक भएकाले मानसिक स्वस्थ्य आधारभुत स्वस्थ्यकै अभिन्न अङ्ग भएकाले मानसिक स्वस्थ्यको सेवा बिस्तार र सेवामा पहुँचको सुनिश्चिततामा स्वयम ब्यक्ति, परिवार, सरोकारवाला र सरकारले हातेमालो गरी कार्य गर्नु पर्ने बताउनुभएको छ ।

कार्यक्रममा बडा नमबर १ का वडा अध्यक्ष महानन्द ढकालले मानसिक स्वस्थ्यमा जनचेतना अभिवृद्धि गर्न कोशिश सङको सहकर्यमा सडक नाटक कार्यक्रम गर्न रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कोशिशको कार्यक्रमको निरन्तर लागि अनुरोध सहित आगामी आर्थिक बर्षमा वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्नुभएको छ ।

शिविरमा वडा सदस्य रामजङ बुढाथोकी, बाँनियाटार स्वास्थ चौकी इन्चार्ज रमेश कार्की, भद्रुटार स्वस्थ्य चौकी इन्चार्ज रबिन्द्र शाहलगायतकाको सहभागिता रहेको थियो ।

शिबिर सन्चालनमा परियोजना संयोजक लोकप्रसाद गौतमले समन्वय, सहकार्य र ब्यबस्थापकिय भुमिकामा सहजीकरण गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस