Techie IT
गृहपृष्ठसमाचारबञ्चरेडाँडामा फोहोर फाल्न नदिने धुनिवेशी र ककनीको चेतावनी

बञ्चरेडाँडामा फोहोर फाल्न नदिने धुनिवेशी र ककनीको चेतावनी


काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र फोहोर उठाउन आनाकानी गरिरहेका वेला धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकापनि विरोधमा उत्रिएका छन्।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी दिएको हो। धुनिवेशीका मेयर बालकृष्ण आचार्य र ककनीका अध्यक्ष सुमन लामाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी काठमाडौं महानगरलाई १५ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ।

दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने निर्णय गरेको जनाइएको छ। उनीहरूले भनेका छन्, “मागहरू १५ दिन भित्र पूरा नभएमा दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले निर्णय गरी फोहोरको ढुवानी बन्द गराइनेछ।”

ककनी र धुनिवेशीका जनप्रतिनिधिको बैठकले ६ वटा माग राखेको छ। जसमा यअसघि काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।

त्यस्तै, फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।

ककनी र धुनिवेशीका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरी बञ्चरेडाँडाबाट दुई किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा विरतणको प्रक्रिया तुरुन्त अघि बढाउन पनि दुवै स्थानीय तहका जनप्रतिनिधिले माग गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस