फ्लाइ दुबईको लेफ्ट इञ्जिनमा आगलागी, ल्यान्ड गर्ने प्रयासमा पाइलट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागी भएको छ ।
जहाजको लेफ्ट इञ्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
लेफ्ट इञ्जिनमा आगलागी भएपछि पाइलटले सो इञ्जिन अफ गरेर एउटा मात्र इञ्जिनले जहाज उडाइरहेका छन् ।
काठमाडौंबाट उडेको जहाज २० हजार फिटमाथि धार्केको आकाशमा पुगेको थियो । जहाजलाई त्रिभुवन विमानस्थ्लमा अवतरण गराउनका लागि पहल भइरहेको छ ।
जहाज अवतरण गर्न दक्षिण मोडेर गुराँसे डाँडा भएर त्रिभुवन विमानस्थलमा ल्याउनुपर्छ । रातीमा भीएफआर उडान सम्भव नभएको हूँदा आइएफआर उडानका लागि गुराँसे डाडाँतर्फ जहाजलाई लैजानुपर्ने उनको भनाई छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस