Techie IT
गृहपृष्ठसमाचारयात्रु ठग्ने सवारीहरुलाई कार्वाही

यात्रु ठग्ने सवारीहरुलाई कार्वाही


जिल्ला प्रशासन कार्यालय नुवाकोट का सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट र नागरिक समाज नुवाकोट सहित को टोलीले नुवाकोट को स्थानीय बस तथा माइक्रोहरुको अनुगमन गरेको छ ।

स्थानिय स्तरमा चल्ने सवारीका साथै नुवाकोट बाट काठमाडौ जाने साना तथा ठुला सवारीहरुले सरकारले तोके भन्दा बढि भाडा लिनुका साथै यात्रुहरु लाई दिनु पर्ने सेवा सुविधा नदिएको भन्ने गुनासो आए संगै अनुगमन गरेको हो ।

अनुगमनमा नियम उल्लङ्घन गर्ने सवारीहरु लाई जरिवानाका साथै नियमानुसार कार्वाही गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस