तातोपानी नाकाबाट ३५ हजार टन युरिया मल आयात हुँदै
उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ । जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ ।
सिल्क ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर दामोदर सत्यालले सात हजार एक सय टन मल तातोपानी नाकामा आउँदै गरेको जानकारी दिनु भएको छ । उक्त परिणामको मलको टेष्ट र इन्पेक्सन प्रक्रिया छिटो गरिदिन कृषि सामग्री केन्द्रलाई आग्रह गरिएको छ ।
तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै रहेको छ । केही दिनमा उक्त मलहरु तातोपानी भन्सारमा भित्रने छ ।
यस अघि पनि सिल्क मार्केटले चीनबाट ल्याएको चार हजार टन युरिया मल साल्ट टेर्डिङ कम्पनी र तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनीले बुझेको थियो । उक्त परिणामका युरिया मल किसानले खेतीबालीमा प्रयोग गरिसकेका छन् ।
खेतीबालीमा अति आवश्यक मल चीनबाट ल्याउने र समयमा नै कृषकको हातमा पुर्याउने सिल्क मार्केटले जनाएको छ । यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त बेला नै रासायनिक मल पाउने भएका छन् ।
Source:- Gorkhapatraonline
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस