Techie IT
गृहपृष्ठसमाचाररेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो

रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढायो


कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद माफी गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।

रेशम चौधरीलाई जन्मकैदको फैसला हुने जिल्ला अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको केहीदिनमै सरकारले कैद माफी गर्ने प्रक्रिया अघि बढाएको हो । यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिनेगरी सरकारले फाइल तयार गरेको स्रोतले जनाएको छ ।

सजाय माफी माग गरिएको चौधरीको निवेदन गृह मन्त्रालयमार्फत् राष्ट्रपति कार्यालय पुगेको छ । चौधरीको बाँकी कैद सजाय माफीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोलीले हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेको छ ।

चौधरीले कानुन अनुसार कैद भुक्तान गरिसकेकाले उनलाई माफी दिँदा संविधान र कानुन विपरीत नहुने सरकारको जिकिर छ । चौधरीलाई जन्मकैद हुने सर्वोच्चको पूर्णपाठ नआइसकेकाले आममाफी दिनको लागि राष्ट्रपति कार्यालय भने अन्योलमा रहेको छ ।

कैलालीको टीकापुरमा २०७२ सालको भदौमा ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान जाने गरी भएको घटनामा रेशम चौधरी संलग्न रहेको सर्वोच्चको ठहर छ । चौधरी २०७४ सालदेखि जेलमा छन् । जन्मकैदको सजायअनुसार चौधरीले २० वर्ष कैद भुक्तान गर्नुपर्नेछ । चौधरी जेलमा रहे पनि उहाँकै सक्रियतामा खुलेको नागरिक उन्मुक्ति पार्टीले सङ्घीय संसद्ले ३ सिट जितेको छ ।

Source:- Ujyaaloonline


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस