Techie IT
गृहपृष्ठसमाचारसहकारीकर्मीहरुले भुमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई गराए ध्यानाकर्षण

सहकारीकर्मीहरुले भुमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई गराए ध्यानाकर्षण


सहकारी क्षेत्रमा देखिएको समस्या लाई समाधान गर्नको लागी नुवाकोटमा आवद्ध सहकारीकर्मी हरुले भुमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन् ।

आर्थीक बर्ष २०८०, ८१ को निती तथा कार्यक्रममा सहकारीमा देखिएको समस्या समाधान गर्नुको साटो अझै समस्या थपेको भन्दै सहकारीकर्मीहरुले नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत मन्त्रालय लाई ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरु निर्वाध रुपमा संचालन गर्न तत्काल नेपाल सरकार, गृश मन्त्रालय मार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा सम्बन्धि परिपत्र जारी गर्नु पर्ने, बिषम परिस्थितीका कारण कार्यालय सुचारु ग्र्न समस्यामा परेका केही सहकारी संघ संस्था संचालनका लागी बाताबरण बनाउन कम्तिमा २ बर्षको कुलिङ् पिरेड घोषणा गर्नु पर्ने लगाएतका १५ बुदा समावेस गरिएको छ ।

यस अघि सहकारीमा निम्त्तियको समस्या र समाधानको लागी सरकार लाई सहकारी अभियानले १५ दिनको अल्टिमेटम दिइएपनी हालसम्म सहकारी अभियानको कुनैपनी माग सम्बोधन भएको छैन ।

 

 




क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस