Techie IT
गृहपृष्ठसमाचारफोहोर बोकेका गाडीलाई ककनी गाउँपालिकाले अब प्रत्येक पल्ट रु. १५०० सम्म अशुल्ने

फोहोर बोकेका गाडीलाई ककनी गाउँपालिकाले अब प्रत्येक पल्ट रु. १५०० सम्म अशुल्ने


राजधानी काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लाको फोहोर विर्षजन हुने ठाउँ रहेको नुवाकोटको ककनी गाउँपालिकाले अब फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर अशुल्ने भएको छ ।

फोहोर प्रभावित क्षेत्र रहेको उक्त गाउँपालिकाले फोहोर बोकेका गाडीलाई चर्को शुल्क अशुल्न लागेको हो । यसरी शुल्क उठाउँदा काठमाडौं महानगरपालिकासहित काठमाडौंका सबै पालिकाहरुमा असर पर्ने देखिन्छ ।

ककनीले आगामी आर्थिक बर्षका लागि तयार पारेको नीति तथा कार्यक्रममा यो कुरा समावेश छ, जुन गाउँपरिषदको असार १९ गतेको भेलाले पास पनि गरिसकेको छ । साथै, उक्त पालिकाले फोहोरका गाडीको वासिङ दर्ता शुल्क २५ हजार रुपियाँ र नवीकरण शुल्क पाँच हजार तोकेको छ ।

उक्त गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईंले फोहोर र मानवलाई छुट्टाउनुपर्ने आफूहरुको पूरानो माग पूरा गराउन साउन १ देखि सडकमा उत्रिने बताए ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस