Techie IT
गृहपृष्ठसमाचारफोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णयविरूद्ध सर्वोच्चमा रिट

फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णयविरूद्ध सर्वोच्चमा रिट


काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

फोहोर मैला व्यवस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले आइतबार सर्वोच्चमा रिट दिएका हुन्।

यसअघि ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने विधेयक पारित गरेको थियो। गाउँपालिकाको विधेयक भोलि (साउन १ गते) देखि लागू हुने व्यवस्था गरिएको थियो।

सर्वोच्च अदालतले उक्त रिटमा भोलि नै पेसी तोकेको छ।

Source :- Setopati


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस