Techie IT
गृहपृष्ठसमाचारअब नुवाकोट र रसुवाकोे यि ठाउमा तपाईले चलाउन पाउनुहुने छ वर्ड लिङ्कको निशुल्क ईन्टरनेट

अब नुवाकोट र रसुवाकोे यि ठाउमा तपाईले चलाउन पाउनुहुने छ वर्ड लिङ्कको निशुल्क ईन्टरनेट


ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ड लिङुकले नुवाकोट र रसुवाको बिभिन्न स्थानमा निशुल्क ईन्टरनेट सेवा बिस्तार गर्ने भएको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अनुसार देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने लक्ष्य अनुसार नुवाकोटको र रसुवाको बिभिन्न स्थानमा निशुल्क ईन्टरनेट सेवा दिन लागिएको वर्ड लिङ्क नुवाकोटले जानकारी दिएको छ ।

यस अघि नुवाकोटको भैरवी मन्दिरमा समेत वर्ड लिङ्कले निशुल्क ईन्टरनेट सेवा दिदै आईरहेको छ । अब वर्ड लिङ्कले त्रिशुली अस्पताल, नुवाकोटको पर्यटकिय स्थल सिल ट्याङकी, गंगटे पार्क, हावा घर , बट्टारको क्रियापुत्री भवन, जिल्ला ट््राफिक कार्यालय नुवाकोट, कोलोनी, प्लास्टर, बेत्रावती बजार र रसुवाको कालीका स्थानमा समेत ईन्टरनेट सेवा बिस्तार गरेको हो । सेवाग्राहीले एकपटकमा ‘लगइन’ गरेपछि करीब एक घण्टा ३० मिनेट निःशुल्करूपमा इन्टरनेट चलाउन सक्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस