गल्छी – त्रिशुली – मैलुंग खण्डको ३६ किलोमिटर सडककाे ८० प्रतिशत निर्माण सम्पन्न
राष्टिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन गल्छी त्रिशुली मैलुंग स्याफ्रुवेशी रसुवागढी सडक अन्तर्गत पहिलो चरणमा निर्माण भईरहेको गल्छी – त्रिशुली – मैलुंग खण्डको ३६ किलोमिटर सडक कालोपत्रे सहित ८० प्रतिशत निर्माणकार्य पुरा भएको छ । तत्कालिन् अघोषित भारतिय नाकाबन्दीसंगै नेपाल र चीनबीच रसुवागढी– केरुंगबाट हुनेआर्थिक तथा व्यापारिक कारोवारलाई छिटोछरितो र सहज तुल्याउने उद्देश्यले आयोजनाको पहिलो चरण अन्तर्गत गल्छी – त्रिशुली – मैलुंग सडक २०७३ सालबाट निर्माण थालिएको हो । निर्धारित समय र तालिकाभन्दा निक्कै ढिलोगरी निर्माण भैरहेको गल्छी – त्रिशुली – मैलुंगको ४६ किलोमिटर मध्ये हाल ३६ किलोमिटर सडक अन्तराष्टिय मापदण्ड बमोजिम कालोपत्रे भएको हो ।
सामुदायिक बनको रुख कटान तथा स्थानीय मुआब्जा बिवाद लगायतका समस्याका कारण निर्धारित समय र तालिकाभन्दा निक्कैढिलो निर्माण भैरहेको आयोजनाको हाल निर्मित्त संरचना तथा कालोपत्रेसंगै उक्त क्षेत्रको सौन्दर्य मनोरम देखिएको छ । गल्छी – त्रिशुली – मैलुंग अन्तर्गत धादिंगको गल्छी देखि रसुवा र नुवाकोट सीमा बेत्रावती सम्मका बिभिन्न क्षेत्रमा डबल लेनको चौंडा सडक हाल बिश्वमा प्रचलित आसफाल्ट प्रविधीमा कालोपत्रे भएको हो । जसकाकारण विगतमा धुवाँ धुलोले आजित सर्वसाधाणहरु अहिले आफ्नो घरआँगन छेवैमा अन्तराष्टिय स्तरको डबल लियर सहितको फराकिलो र चौंडा सडक निर्माणसंगै अहिले धुँवा, धुलोबाट राहत मिलेको बताए । निर्माण कार्यतालिका अनुसार २१ महिना अर्थात २०७५ भाद्र ७ गते निर्माण सम्पन्न गर्नेगरी २०७३ साल कात्र्तिक अन्तिमबाट निर्माण थालिएको हो । तीनअर्व ६३ लागतमा निर्माण भैरहेको उक्त गल्छी – त्रिशुली – मैलुंग खण्डको ४६ किलोमिटर सडक निर्माण कम्पनि कोवेक – तुन्दी र रसुवा ज्वाईन्टभेञ्चरद्धारा निर्माण भैरहेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस