नुवाकोटको म्यागङ ५ सामरिमा महिला माथी दिउसै लुटपाट
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी नजिकै एउटि महिलामाथि दिउँसै लुटपाट भएको छ। सामरी बजारबाट टक्सार घर जानेक्रममा ठाडो खोलाको एकान्तमा करिब पौने ४ बजे बर्ष ३२ कि सम्झना भुजेल माथी लुटपाट भएको हो।
अन्दाजी २०,२२ वर्षका हातमा ट्याटु खोपेका र पहेंलो तथा निलो रंगको टिसर्ट लगाएका दुई युवकद्वारा उनको साथबाट ३९ हजार लुटिएको पिडितले बयान दिएको सामरी प्रहरी चौकिका इञ्चार्ज रविन्द्र श्रेष्ठले जानकारी दिए।
काठमाडौबाट बसमा पैसा आएको र जेब्रा झोला बोकेर घर फर्किने क्रममा एक्कासि आक्रमण हुँदा झोला च्यातेर आफू लुटिएको उनले बताईन।
शरीरमा चोटपटक समेत लागेको पिडित भुजेलको हाल सामरी स्वास्थ चौकीमा उपचार भैरहेको छ।
Source:nuakotjagaran.com
क्याटेगोरी : समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस