Techie IT
गृहपृष्ठसमाचारतारकेश्वर गाउँपालिकाका २ सय ६० शिक्षकहरुको सरुवा गरिने

तारकेश्वर गाउँपालिकाका २ सय ६० शिक्षकहरुको सरुवा गरिने


तारकेश्वर गाउँपालिका भित्रको विद्यालयका करिब २ सय ६० शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने भएको छ । आज बसेको गाउँपालिकाको शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय आगामी भदौं १५ देखि लागू हुने छ । पालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले उक्त निर्णय गरिएको अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकले काजमा रहेका शिक्षकहरुको दरबन्दीसहित पदस्थापना गर्ने तथा दरबन्दी मिलान गर्ने निर्णय पनि गरेको छ। गुणस्तरीय शिक्षा पालिकाको पहिलो प्राथमिकताको विषय भएकाले सोही कुरालाई मध्यनजर गर्दै पालिकाले विभिन्न नीतिहरु अबलम्बन गरेको जानकारी दिनुभयो । शिक्षाको गुणस्तरमा कुनै कम्परमाइज हुन नदिने उहाँको भनाई छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस