संविधानसभा अध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन
संविधानसभा अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वङको निधन भएको छ । नेम्वाङको केहीबेर अघि त्रिवि शिक्षण अस्पतालमा निधन भएको एमालेले जनाएको छ । घरमै ह्दयघात भएपछि राति करिब १ बजे अस्पताल लगिएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताएका छन ।
अहिले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू त्रिवि शिक्षण अस्पतालमा जम्मा भैरहेका छन । इलामबाट प्रतिनिधिसभामा विजयी नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
इमान्दार नेताहरूको सूचीमा अग्रपंक्तिमा पर्ने नेम्वाङ ढिलामात्रै प्रतिक्रिया जनाए पनि सही र गलत छुट्याउन सक्ने नेताको रूपमा समेत परिचित थिए । उनी नेपालको इतिहासमा लामो समय सभामुख हुने पहिलो व्यक्ति हुन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस