Techie IT
गृहपृष्ठसमाचारतारकेश्वरको शिक्षक सरुवामा अन्तरिम आदेश गर्नु नपर्ने उच्च अदालत पाटनको आदेश

तारकेश्वरको शिक्षक सरुवामा अन्तरिम आदेश गर्नु नपर्ने उच्च अदालत पाटनको आदेश


  • नुवाकोटको तारकेश्वर गाउँपालिकाले गरेको शिक्षकहरुको सरुवा गराउने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको छ। पालिकाले शैक्षिक सुधारका लागि भदौं १८ गते गरेको काज सरुवालाई लिएर कृष्ण श्यामसहित १६ जनाले उच्च अदालतमा रिट निवेदन दिएको भएपनि उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गरिरहन नपर्ने आदेश सुनाएको हो ।

यस्तै गोविन्द्रप्रसाद नेपालसहित ५ जनाले दायर गरेको रिट निवेदनमा पनि निषेधाज्ञा जारी गर्नुनपर्ने आदेश गरेको छ ।

यो आदेशसँगै पालिका अध्यक्ष शिव अधिकारीले शिक्षकहरुलाई जहाँजहाँ सरुवा गरिएको छ त्यही गएर अध्ययन अध्ययापन गराउन निर्देशन दिनुभएको छ। पालिकाले पहिलो चरणमा ८६ जना शिक्षक काज सरुवा गरेको थियो । शैक्षिक सुधारका लागि उक्त निर्णय गरेको भन्दै अदालतको आदेशको शिरोधार्य गर्दै आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन शिक्षकहरुलाई निर्देशन दिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस