शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न तीन दिनको समय थप
![](https://www.onlinenuwakot.com/wp-content/uploads/2023/10/386089341_3455542568041390_4876887941144555318_n.jpg)
तारकेश्वर गाउँपालिकाले शिक्षक सरुवा कार्यान्वयन गरिसक्नको लागि तीन दिनको समय थप गरेको छ ।
![](http://www.onlinenuwakot.com/wp-content/uploads/2023/09/ppp.gif)
आज प्रधानाध्यापकहरूसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले कसैकाे लहलहैमा नलागी नियामकको निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न सुझाउनुभयो । छलफलका क्रममा प्रधानाध्यापकहरूले केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भयो ।
![](http://www.onlinenuwakot.com/wp-content/uploads/2023/10/384341441_3455542384708075_6981141958341005408_n.jpg)
उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ७ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो
। ![](http://www.onlinenuwakot.com/wp-content/uploads/2023/02/sukhad.png)
![](http://www.onlinenuwakot.com/wp-content/uploads/2023/02/sukhad.png)
शिक्षकहरूको तलब, चाडपर्व खर्च लगायत सेवा सुविधाको रकम सरुवा कार्यान्वयन गरिसकेपछि मात्रै निकासा हुने भएकाले पनि कार्यान्वयनमा ढिला गर्न नहुने अध्यक्ष अधिकारीले प्रधानाध्यापकहरूलाई बताउनुभयो ।
![](http://www.onlinenuwakot.com/wp-content/uploads/2023/10/382110136_3455542308041416_4992689323891165100_n.jpg)
गाउँको शैक्षिक गुणस्तर उकास्ने अभियान अन्तर्गत एक वर्षको अध्ययन र अनुगमनपछि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन कम्तीमा पाँच वर्षमा एकपटक सबै शिक्षकको सरुवा गर्नुपर्ने निष्कर्ष सहित परीक्षणका रूपमा एक तिहाइ शिक्षकको काज सरुवा गरेको थियो । सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ-संगठनको अगुवाइमा उच्च अदालत पाटनमा दायर भएको रिटमा पहिलो सुनुवाइमा दिएको अन्तरिम आदेश उच्चले बुधबार खारेज गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Hot100
प्रतिक्रिया दिनुहोस