भित्र्याउने बेला भएको धानमा फड्के किराको प्रकोप
बियाँ लाग्ने बेला भएको अवस्थामा नुवाकोटको अधिकांश स्थानमा धानबालीमा रोगको प्रकोप बढेको छ ।
गत असार र साउनमा रोपिएको धानमा फड्के किराले आक्रमण गरेपछि नुवाकोटमा हजारौ किसानले लगाएको धान नष्ट भएको छ ।
विदुर र बेलकोटगढी नगरपालिका, लिखु र सुर्यगढी गाउँपालिकामा लगाइएको धानबालीमा फड्के किराको संक्रमण रहेको जिल्ला कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । दुई सातादेखि नुवाकोटका एक जार पाँच सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा फड्के किराले आक्रमण गरेको छ । सो किराले आक्रमण गरेपछि बियाँ लाग्दै गरेको धानको बोट मरेको कार्यालयकी अधिकृत रुक्मिणी अधिकारीको भनाइ छ । उनका अनुसार धानमा फड्के किराले आंक्रमण गरेपछि विषादि छर्कने अभियान सुरु गरिएको छ ।
कृषि ज्ञान केन्द्र नुवाकोटले विदुर र लिखुमा तीन सय प्याकेट विषादी किसानलाई वितरण गरेको छ । लाखौ रुपैयाँ बराबरको धानबाली किराले नष्ट गरेपछि किसानहरू निकै चिन्तित भएका छन् । किसानहरूलाई तीनै तहको सरकारले क्षतिपूर्ति र राहत दिनुपर्ने विदुर–५ का किसान कृष्णप्रसाद पुडासैनीले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस