Techie IT
गृहपृष्ठसमाचारप्रथम बेलकोटगढी महोत्सवको तयारी पुरा

प्रथम बेलकोटगढी महोत्सवको तयारी पुरा


बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजनामा हुन लागेको प्रथम बेलकोटगढी महोत्सवको आवश्यक तयारी पुरा भएको छ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को केउरीनीमा हुन लागेको प्रथम बेलकोटगढी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको महोत्सवका व्यवस्थापक नविन केसीले जानकारी दिनुभएको छ । कात्तिक १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घघाटन बुधवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले गर्ने आयोजकले जनाएको छ ।

महोत्सव स्थल केउरीनीको त्रिशुली नदी बगरमा स्टल तथा खेल र मनोरञ्जनका सामाग्रीहरू व्यवस्थापन भइसकेको महोत्सवका व्यवस्थापक केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार १ सय १५ वटा स्टलहरू तयार भएका छन् । ति स्टलहरूलाई बेलकोटगढी नगरपालिकाको पहिचान र उत्पादनले भरिभराउ पारिने तयारी रहेको छ । साथै नुवाकोट जिल्लाका कृषि तथा परम्परागत उत्पादनले महोत्सवमा विशेष स्थान प्राप्त गर्ने छन् ।

महोत्सवको तयारी पुरा भएको र अब उद्घघाटनको दिनको प्रतीक्षा मात्रै रहेको वडा नम्बर ५ का अध्यक्ष मदन भुजेलले जानकारी दिनुभएको छ । महोत्सवको सह आयोजकमा बेलकोटगढी नगरपालिकाको वडा नं. ५ बाहेकका सम्पूर्ण वडाहरू, संरक्षकमा बेलकोटगढी नगरपालिका र विशेष सहयोगी संस्थाका रुपमा जिल्ला समन्वय समिति नुवाकोट रहेको छ ।

देविघाट–गल्छी मुख्य सडकसंगै रहेको नदी किनारलाई महोत्सव स्थल बनाइएकोले दर्शकहरूलाई महोत्सव स्थलसम्म पुग्नक यातायातको कुनै अभाव र आवातजावतमा समस्या नहुने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रमको समेत भब्य तयारी रहेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याती कमाएका ६० भन्दा बढी कलाकारहरूको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने महोत्सव व्यवस्थापक केसीले बताउनुभएको छ । उहाँका अनुसार महोत्सवमा एक करोड रुपैयाँको कारोवार हुने अनुमान गरिएको छ ।

धादिङ जिल्ला नजिकै महोत्सव आयोजना भएकोले धादिङका व्यापारि, कृषक तथा दर्शकहरूले समेत महोत्सवबाट फाइदा र मनोरञ्जन लिनसक्ने बताइएको छ । महोत्सवलाई प्रथम बेलकोटगढी नगर, व्यापार, पर्यटन, कृषि एवं सांस्कृतिक महोत्सव–२०८० नाम दिइएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस