पर्यटन व्यवसायी पाण्डे प्रधानमन्त्रीद्धारा टुरिजम लिडर्स अवार्डबाट सम्मानित
पर्यटन व्यवसायी सुमन पाण्डेलाई प्रधानमन्त्रीले टुरिजम लिडर्स अवार्डबाट सम्मान गर्नुभएको छ । पर्यटन क्षेत्रमा सफल एवं चर्चित पाण्डेलाई एक कार्यक्रमका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट एशियन प्रोफेसनल एचिभमेण्ट अर्वाड अन्र्तगत टुरिजम लिडर्स अवार्डबाट सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्डले देशलाई बिश्वसामु चिनाउनको लागी र देशको आर्थिक पक्ष सबल र सक्षम बनाउन पर्यटन व्यवसायीहरुको अमुल्य योगदान रहेको बताँउदै पाण्डेको प्रशंसा गर्नुभएको छ ।
पर्यटन व्यवसायी, पर्वतीय पर्यटन र साहसीक पर्यटनको लागी व्यवसायी पाण्डे अग्रपन्तिमा रहनुभएको छ । दशकौ लामो पर्यटन क्षेत्रको अनुभव रहेकाले सरकारको नितिनिर्माण तहमा नेपालको पर्यटनलाई बृद्धि बिकास गर्न व्यवसायी पाण्डेले सल्लाहसुझाव र कार्ययोजनाहरु समेत दिने गरेको बताउनुभएको छ ।
पाण्डेकै अगुवाईमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रीपरिषदको बैठक विश्वको अग्लो स्थान कालापथ्थरमा आयोजना गरी उहाँले आफुलाई एक अव्वल साहसीय पर्यटन व्यवसायीको रुपमा प्रमाणित समेत गरिसक्नुभएको छ ।
सन् २०११ को नेपाल भ्रमण बर्षको कार्यकारी सदस्य, नेपाल पर्यटन वोर्डको पूर्व सदस्य, टानका पूर्व अध्यक्ष, पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष समेत भईसकेका पाण्डे हाल दोस्रो कार्यकालका लागि प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा अन्र्तराष्ट्रियमा)को पदाधिकारी पदमा रहनुभएको छ ।
पाण्डेलाई पर्यटन बिज्ञको रुपमा पर्यटन सम्बन्धि सल्लाह, सुझाब र कार्ययोजना निर्माणमा समेत नेपाल सरकारले सहयोग लिदै आएको छ । डेढ दर्जन भन्दा बढी व्यवसायमा संलग्नता रहेको पाण्डे पछिल्लो समय राजनितिमा समेत सक्रिय रहनुभएको छ । गत सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पाण्डेले १६ हजार ४ सय ७७ मत ल्याउनुभएको थियो ।
पर्यटन क्षेत्रमा एक सफल व्यवसायी पाण्डेले नुवाकोटको समग्र विकासको लागी र नागरिकहरुको आर्थिक उपार्जनको लागी सदैव पहल गरिरहने बताउनुभएको छ । नुवाकोट जिल्ला पर्यटकिय दृष्टिकोणले व्यापक सम्भावना बोकेको जिल्ला रहेकाले सरकारले उपेक्षा गर्नु नहुने उहाँको भनाई रहेको छ । पर्यटन सम्बन्धी बिबिध क्षेत्रमा दिएको सल्लाह सुझाव एवं कार्ययोजनाले मूर्त रुप लिदै आईरहेको उहाँले बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस