भूकम्पका कारण घाइते विरामीको लागि रक्तदान
काजी ग्रुप नुवाकोटले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका छन् ।
त्रिशूली अस्पतालको प्राङ्गणमा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेको कार्यक्रम आयोजकका प्रतिनिधि श्याम ओझाले जानकारी दिए ।
गत शुक्रबार मध्यराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते विरामीको लागि रगतको अभाव नहोस भन्नका लागि पनि रगत सङ्कलनको लागि रक्तदान कार्यक्रम गरिएको काजी ग्रुप नुवाकोटले जनाएको छ ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको प्राविधिक सहयोगको समन्वयमा भएको हो ।
रक्तदातालाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले प्रमाणपत्र प्रदान गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस