Techie IT
गृहपृष्ठसमाचारराति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने


नुवाकोटमा राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले चाडपर्वको समयमा आपराधिक घटना हुन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने भएको जनाएको हो ।

देउसी-भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको छ । चाडपर्वको बेला पटाका, भुईचम्पा ज्वलनशील मालबस्तु/पदार्थ जस्ता विस्फोटक वस्तुहरूको बिक्री वितरण नगर्न साथै जुवातास खेल्ने र खेलाउने कार्य नगर्न समेत आग्रह गरिएको छ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस