Techie IT
गृहपृष्ठसमाचारभ्रामक टिप्पणीप्रति लिखुको गम्भीर ध्यानाकर्षण

भ्रामक टिप्पणीप्रति लिखुको गम्भीर ध्यानाकर्षण


नुवाकोटको लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले  गाँउपालिकालाई जोडेर आएका भ्रामक समाचारमा सत्यता नरहेको बताउनुभएको छ ।

आज गाँउपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले “गाँउपालिकाको कर्मचारी र जनप्रतिनिधिले खाएको पैसा तिरेन्, होटेल प्रवेशमै निषेध गरियो” भन्ने शिर्षकमा बाहिर आएका टिकाटिप्पणी प्रति गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठल गाँउपालिकाको कार्यालय एंव जनप्रतिनिधि र कर्मचारीलाई बदनाम गराइ भ्रम फैलाई मानमर्यादामा आच पुर्याउनेलाई कानूनी कारबाहीमा जाने समेत चेतावनी दिनुभएको छ ।

पत्रकार सम्मेलन मार्फत उहाँलेजारी गरिएको विज्ञप्तीमा ‘गाँउपालिकाले विभिन्न तालिम, गोष्ठी सभा तथा अतिथी सत्कार जस्ता गाँउपालिकासंग सम्बन्धित कार्यक्रमहरु गाँउपालिकाको क्याण्टिन र सभाहलको अभावमा बाहिरका होटलहरुमा कार्यक्रमहरु सञ्चालन हुदै आएको जानकारी दिदै उक्त कार्य नेपाल सरकार, प्रदेस सरकारबाट स्वीकृत कार्यक्रमको दायरामा मात्रै रहेकाले सोही अनुसार कानूनी दायरामा कार्यक्रम र भुक्तानी हुदै आएको उल्लेख गरिएको छ ।

गाँउपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले जारी गरेको विज्ञप्ती यसप्रकार छ :

 

 

 

प्रेस बिज्ञप्ती
अध्यक्ष धु्रव श्रेष्ठले जारी गर्नु भएको बिज्ञप्ती

 लिखु गाउँपालिकाका कर्मचारीहरुले जारी गरेको बिज्ञप्ती

बिज्ञप्ती
बिज्ञप्ती


क्याटेगोरी : समाचार, समाज
ट्याग : #कारबाहीमा जाने, #नुवाकोटको लिखु गाउँपालिका, #प्रेस बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस