लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न
नुवाकोटको विदुर २ बट्टारमा रहेको लायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको आयब्यय विवरणका साथै चालु आर्थिक वर्षको निती तथा कार्यक्रम र बजेट पारित गरेको छ । सभाको विदुर २ का वडाध्यक्ष दिपक कायस्थले उद्घाटन गरेका हुन् । साधारणसभा उद्घाटन गर्दैै वडाध्यक्ष कायस्थले छरिएर रहेको वचत संकलन गरी पुँजी निर्माण गर्दै आर्थिक सम्बृद्धी र रोजगारी सिर्जनामा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।
सभामा राष्ट्रिय सहकारी बैंकका नुवाकोट शाखा प्रमुख प्रदिप अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका छन् । सभामा सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले चालु आवको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ५ करोड पु¥याउने लक्ष्य रहेको वताए । कोषाध्यक्ष धु्रवप्रसाद ढकालले गत आवमा सहकारीले १४ करोड ८१ लाख ८६ हजार ५ सय ३९ रुपैयाँ वचत संकलन तथा ८ करोड ६२ लाख ८६ हजार ८ सय ४५ रुपैयाँ कर्जा लगानी गरी १२ लाख ३६ हजार रुपैयाँ खुद बचत गरेको प्रतिबेदन पेश गरेका छन् । सहकारीले चालु आवमा २ करोड २५ लाख रुपैयाँ आम्दानी गरी करिव २५ लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ट वचतकर्ता, ऋणी तथा अन्य विधामा पुरस्कार तथा सम्मान वितरण गरेको छ । उत्कृष्ट वचतकर्तातर्फ भवानी सुवेदी, रामशरण सिटौला, उत्कृष्ट ऋणीतर्फ सविन अमात्य, मुकुन्द बजगाईं, उत्कृष्ट बाल वचतकर्तातर्फ युनिषा श्रेष्ठ र श्रेया तामाङलाई पुरस्कृत गरिएको छ । यस्तै, पूर्व कर्मचारीहरु आयशा कार्की, माधवप्रसाद अधिकारी, हेमलता डंगोल, चार्टड एकाउन्टेण्ट सुनिजा श्रेष्ठलाई सम्मान गरिएको छ । सेयरसदस्यका सन्तानमध्ये एसईईमा उत्कृष्ट ग्रेड ल्याउने रजिक्षा अमात्य र अनुष्का उप्रेतीलाई सम्मान गरिएको छ । संस्थामा कार्यरत कर्मचारीमध्ये बरिष्ठ संकलक बिकास लामिछानेलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस