Techie IT
गृहपृष्ठसमाचारआत्मनिर्भर शिक्षा नितीको आवश्यक / अर्जुन नरसिंह केसी

आत्मनिर्भर शिक्षा नितीको आवश्यक / अर्जुन नरसिंह केसी


आत्मनिर्भर शिक्षा नितीको आवश्यक रहेको पूव मन्त्रि तथा नुवाकोट क्षेत्र नंम्बर २ का प्रतिनिधीसभा सदस्य अर्जुन नरसिंह केसीले बताउनु भएको छ ।

arjun narsing kc
पूव मन्त्रि तथा प्रतिनिधीसभा सदस्य अर्जुन नरसिंह केसी बिज्ञान माध्यामिक बिद्यालयको ४२ औं बार्षिकोत्सव समारोह लाई सम्बोधन गर्दै

तादि गाउपालिका वडा नंम्बर ५ मा रहेको बिज्ञान माध्यामिक बिद्यालयको ४२ औं बार्षिकोत्सव एंव अभिभावक भेला तथा पुरस्कार बितरण समारोह लाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य केसीले शैक्षिक क्षेत्र सुधार गर्नको लागी अहिले चलिरहेको शैक्षिक नितीनै परिवर्तन गर्नु पर्ने बताउनु भएको छ । उहाले नेपालमा अब आत्म निर्भर शिक्षा नितीको आवश्यक रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बिद्यालयका ब्यवस्थापन समितीका अध्यक्ष नारायण भण्डारीले बिद्यालयको शिक्षकको मात्र भर परेर बिद्यार्थीहरुको शैक्षिक गुणस्तरमा परिवर्तन नहुने बताउनु भयो । भण्डारीले बिद्यार्थीको शैक्षिक गुणस्तर सुर्धानको लागी अभिभावक पनि उत्तिकै सक्रिय हुनु पर्ने बताउनु भयो ।

यस्तै बिद्यालयका प्रधानाध्यापक लक्ष्मण खनालले बार्षिक आय ब्यमय प्रस्तुत गर्दै बिद्यालय लाई उत्कृष्ट बनाउन शिक्षकले मात्र नभई बिद्यालय प्रती अभिभावकले पनी चासो राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा बिद्यालयमा बिभिन्न समयमा बिद्यार्थीहरु बिच भएको खेलहरुमा सहभागी भएका बिद्यार्थीहरु लाई पुरस्कार समेत बितरण गरिएको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन नरसिंह केसी, #आत्मर्भिर शिक्षा, #आवश्यक

प्रतिक्रिया दिनुहोस