Techie IT
गृहपृष्ठसमाचारआठौं नुवाकोट महोत्सवको तयारी तिब्र

आठौं नुवाकोट महोत्सवको तयारी तिब्र


नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ २५ देखि फागुन ८ गतेसम्म विदुरमा आयोजना लागिएको आठौं नुवाकोट महोत्सवको तायरी तिब्र रुपमा सुरु भएको छ । आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अनुसार महोत्सवमा राखिने स्टल बुकिड.देखि प्रचार प्रसारको काम भैरहेको छ । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।

कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारोबार‘धार्मिक, ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासका लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ हुन लागेको महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु¥याउने अपेक्षा आयोजक नुवाकोट उद्योग वाणिज्य संघले लिएको छ ।

महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, हस्तकलाका सामग्रीहरू तथा जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका स्टल राखिने बताइएको छ । दुई सय ४० वटा स्टल रहने महोत्सवको स्टलका लागि संघमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । महोत्सव सञ्चालनका लागि अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । यस्तै महोत्सवमा अपाड.गता भएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ । महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्यिस्तरका कलाकाहरुबाट सांस्कतिक कार्यक्रमको आयोजना हुने जनाइएको छ ।
add


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस