Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको बिदुरमा कक्षा आठको परीक्षा अब केन्द्रामा गएर दिनु पर्ने

नुवाकोटको बिदुरमा कक्षा आठको परीक्षा अब केन्द्रामा गएर दिनु पर्ने


नुवाकोटको बिदुरमा कक्षा आठको परीक्षा अब केन्द्रामा गएर दिनु पर्ने भएको छ ।
यस वर्षदेखि परीक्षाको लागि केन्द्रहरू तोकिएको छ भने ग्रेडवृद्धि प्रणालीमा परीक्षा तयार गरिएको जनाएको छ । केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तोकिएको छ ।


आधारभूत तह ९कक्षा ८० को अन्तिम परीक्षामा विदुर नगरपालिकाबाट एक हजार २६८ जना विद्यार्थीले परीक्षा दिँदैछन् । भोलि चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने आधारभूत तहको परीक्षाको लागि सामुदायिक र निजी विद्यालय गरी ११ केन्द्र तोकिएको छ ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले आज नगर कार्यपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रममा केन्द्राध्यक्षहरुलाई परीक्षा मर्यादित व्यवस्थित र जिम्मेवारी रुपमा सञ्चालन गर्नको लागि निर्देशन दिएका छन् ।
सबैभन्दा बढी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय केन्द्रमा २३० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदैछ भने सबैभन्दा कम पञ्चकन्या बोर्डिङ स्कुल केन्द्रमा ४५ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउँदैछ ।

यस्तै, परीक्षाको लागि रणभुमेश्वरी मावि, पृथ्वी मावि, अर्किड एकेडेमी नुवाकोट, च्वाडी पब्लिक मावि, भैरुम मावि, स्टार इङ्गलिस बोर्डिङ स्कुल, कालिका मावि र महेन्द्र मावि केन्द्र तोकिएको छ ।

परीक्षा बिहान १० बजेर ३० मिनेटदेखि सुरु हुने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केन्द्रामा

प्रतिक्रिया दिनुहोस