जिल्ला अस्पताल त्रिशुलीमा पूर्व प्रदेश प्रमुख अहिराजद्वारा ४३ औं पटक रक्तदान
नुवाकोट : मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४३ औँ पटक रक्तदान गरेका छन्।
नुवाकोटको कोलोनीस्थित जिल्ला अस्पतालमा शुक्रबार ४३ औँ पटक रक्तदान गरेका हुन्। नुवाकोट जस्तो पबित्र भुमिमा आएर रगत दिनु चानचुने पबित्र कार्य गर्न पाएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरे ।
आफुले २०६१ सालमा आन्दोलनकारी र सुरक्षाकर्मीबिच दैनिक जसो दोहरो झडप भइरहेको अवस्थामा घाइतेलाई रक्तदान गरि शुरूवात गरिएको बताए । जिल्ला तथा समाजका अगुवाले रक्तदान गर्दा सर्वसाधारणलाई राम्रो सन्देश जाने र उनीहरुलाई पनि रक्तदान गर्न प्रेरित हुने र रक्तदानले आफ्नो स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएको कारण झन्डै २० वर्ष अघिदेखि रक्तदान सुरु गरेको उनको भनाई छ।
क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान
प्रतिक्रिया दिनुहोस