Techie IT
गृहपृष्ठसमाचारअस्पताललाइ पैसा तिर्न नसकेका नमराज १४ दिन पछि फर्किए घर

अस्पताललाइ पैसा तिर्न नसकेका नमराज १४ दिन पछि फर्किए घर


नुवाकोटको लिखु गाउपालिका वडा नम्बर २ का नमराज दमाई १४ दिन पछि सोमबार त्रिशुली अस्पतालबाट घर फर्किएका छन । आर्थिक अबस्था कमजोर भएका नमराजको खुट्टा भाचिएपछी अप्रेसन गरेर स्टिल हाल्न लागेको खर्च तिर्न नसकेपछी नमराज १३ दिन अस्पतालमा बस्न परेको हो ।

औषधि देखि अप्रेसन सम्मको पैसा अस्पतालले ब्यहोरेपनि खुट्टामा हालेको स्टिलको पैसा तिर्न पर्ने भएपछी सो रकम तिर्न नसक्दा नमराज अस्पतालमा बस्नपरेको थियो । नमराजलाइ अस्पतालबाट घर फर्काउन लिखु गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रेमबहादुर थापा मगर ( ज्याक ) र वडा सद्स्य सन्जिब लामिछनेले सहयोग गरेका हुन् । लिखु गाउपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ सङको समन्वयमा पालिकाको गरिव तथा असाहाय कोष बाट नमराजको उपचारमा लागेको खर्च अस्पताललाई बुझाइएको र नमराज लाई घर लेराउनको लागि समेत लिखु गाउपालिका बाट निशुल्क एम्बुलेन्स ब्यबस्थापन गरेको लिखु गाउपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर थापामगरले जानकारी दिनुभयो । साथै अध्यक्ष थापामगरले नमराज दमाई जस्ता असाहाय तथा कमजोर आर्थिक अबस्था भएकाहरुलाइ मद्धत गर्न लिखु गाउपालिका सधै तत्पर रहेको बताउनु भयो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस