मासिक ३ लाखको कमाई छोडेर कृषि कर्ममा रामाउँदै रामचन्द्र
अहिले हरेक दिन एरपोर्टमा रोजगारीको लागी विदेश जानेहरुको भिड बढ्दै गईरहेको छ । अहिले गाउँघर युवा विहिन त हुन थालेको छ नै खेतीयोग्य जमिनहरु पनि बाझिन् थालेका छन् । तर नुवाकोट चौघडाका एक युवक भने कोरियाको मासिक ३ लाखको कमाई छाडेर स्वदेश फर्केका छन् । उनी स्वदेश मात्र फर्केनन उनले कृषि कर्म रोजेका छन् ।
नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं ४ चौघडाका रामचन्द्र अगस्ती यतिखेर कृषि कर्ममा नै व्यस्त हुने गरेका छन् । उनी निकै उत्साहकासाथ कृिषमा सक्रिय रहेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले कहिले मल हाल्ने मेसिन,कहिले मकै गोड्न सजिलो बनाउने ढंगले फलामको सावेललाई बंग्याएर काम गरिरहेको देखिन्छन् । उनले यो भाइरल हुनका लागि भने पककै होईन । उनी साच्चिकै कृषिमा सक्रिय छन् । आफ्ना छोराछोरीलाई अध्ययनका लागि राजधानीमा कोठा लिएर राखेका रामचन्द्रले श्रीमती लाई पनि छोराछोरीको हेरचाहमा राजधानीमा सक्रिय गाएका छन् । तर उनी आफ्नो बुबाको हेरचाह गर्दै कृषि पेशमा नै रमाइरहेका छन् । २०१२ देखि १६ सम्म कोरिया बसेका रामचन्द्रले त्यहाको अवस्थाबाट दिक्क भएर डेड वर्षको भिषा नै छाडेर स्वदेश फर्कैका थिए । स्वदेश फर्केर चौघडा बजारमा साढे दुई तले पक्की घर निर्माण गरेर स्टेशनरी पसल समेत राखेका थिए । तर व्यापारमा पनि त्यजि सहज देखेनन् । कतिले उधारो लाने पैशास नर्तिेर्ने गरेपछि उनले सो व्यवसाय पनि छाडेर आफ्नै खुशीमा आफूसँग भएको करिब ६ रोपनी जमिनमा खेती गरिरहेका छन् । उनले सिजन अनुसार तरकारी, आलु,धान, मकै, लगायतका खेती गर्दै आएका छन् ।
खेतीबाट नै उनले वर्षमा पाँच लाखसम्म कमाउने योजना बनाएका छन् । उनी भन्छन्, विदेशमा गएर गरेको दुःख यहाँ नेपालमा गर्ने हो भने त सुन फलान सकिन्छ । उनले पछिल्लो समय कृषिमा लाग्नेहरु घट्दै गएपछि अहिले बजार बढेको र किसानका लागि पनि राहत पुगेको बताए । उनी भन्छन् , अरुलाई कृषि पेशा नराम्रो लाग्ला तर मलाई त सम्मानित पेशा जस्तो लाग्छ, आफूले मन लागेको खानेकुरा ताजा रुपमा खान पाइन्छ,त्यसमा पनि गाउँमा बसेर खेती गर्नुभको मजानै बेग्लै हुन्छ । अझ आनन्द त आफ्ना बुढा बा आमासँग र छोराछोरीसँग तथा श्रीमसँग बस्न पाउनु पनि ठुलो कुरा हो । आफ्नो बुवाले गरेको पेशार राम्रा जमिन भएकाले आफूलाई अरु भन्दा यहि राम्रो लागेको उनको भनाई रहेको छ ।
कृषि कर्मप्रति उत्साहि भएका रामचन्द्र सरकारले मल,बिउ समयमा नै उपलब्ध गराउन नसकेकोमा भने दुःखित छन् । उनी भन्छन्, अहिले मकैलाई मल छैन, गाउँका सहकारीमार्फत मल दिने भनिएको छ तर सहकारीले दिने भन्दा उ पनि कता फाइदा आउँछ उत्तै लाग्ने गर्दछ । अनि हामीले दुई चार किलो मल लिएर के गर्ने रु रामचन्द्रले कुराकानीलाई अन्त्य गर्ने क्रममा भने,विदेश जाने दाजुभाईहरु स्वदेशमा नै बसेर केही गरौं यहाँ जाँगर चलाउने हो भने पैसा कमाउन विदेश भन्दा धेरै सजिलो छ । रामचन्द्र जस्तै हाम्रा मुलुकका युवाशक्तिहरु यसरी देशमा नै केही गरौ भनेर लाग्ने हो भने हाम्रो देश पनि अबको केही वर्षमा आत्मनिर्भर त हुन्छन नै प्रतिव्यक्ति आम्दानी पनि बढ्नेछ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #कृषि कर्म
प्रतिक्रिया दिनुहोस