मदन थापाको झोलुङ्गे पुल चर्चामा
मदन थापाको लय, शब्द तथा स्वर रहेको झोलुङ्गे पुल त्रिशुली खोलाको गितले यती बेला चर्चा पाईरहेको छ ।
आईतबार म्यूजिक भिडियो सार्वजनिक भए संगै म्यूजिक भिडियोले चर्चा बटुल्न थालेको हो ।
म्यूजिक भिडियोले चर्चा बटुल्ने अर्को मुख्य कारण हो म्यूजिक भिडियोमा समावेस गरिएका मनोरम दृश्यहरु
न्ुावाकोटको पञ्चकन्या गाउपालिकामा अवस्थित घ्यास्वारा लगाएतको स्थानमा छायाकंन गरिएको म्यूजिक भिडियो पञ्चकन्या गाउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले समेत अभिनय गरेका छन् ।
म्यूजिक भिडियो हेर्ने अधिकांस दर्शकहरुले गायक मदन थापाको स्वर संगै म्यूजिक भिडियोमा समावेस गरिएको मनोरम दृश्यहरुको समेत तारिफ गरेका छन् ।
मदन थापा तथा प्रतिमा अर्यालको स्वार रहेको गितको म्यूजिक भिडियो लाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । थेगो कुमार भण्डारीको रहेको गित लाई बिष्णु तामाङले एरेन्ज गरेका हुन् । यस्तै सन्तोष तिमल्सिनाको छायांकन रहेको म्यूजिक भिडियो लाई रोशन धितालले सम्पादन गरेका हुन् ।
म्यूजिक भिडियोमा पञ्चकन्या गाउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) बाहेक श्रीजन पण्डित , निहारिका थापा, रामकुमार खतिवडाले अभिनय गरेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस