Techie IT
गृहपृष्ठसमाचारविदुर नगरपालिकाले एस इ ई को परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्युटर सिकाउने

विदुर नगरपालिकाले एस इ ई को परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्युटर सिकाउने


नुवाकोटको विदुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा, कक्षा दश (एस इ ई) को परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्युटर सिकाउने भएको छ । नगरभित्रका सामुदायिक विद्यालयबाट कक्षा दशको परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर उनीहरुलाई नै पायक पर्ने स्थानमा कम्युटर सम्बन्धिको आभारतभूत तहको सिप सिकाउन लागिएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी प्रविधिमैत्री बनाउन र परीक्षा पश्चात खाली रहेको समयको सदुपयोग गर्न कम्युटर सिकाउन लागिएको हो ।

add

विद्यालयतहमा कम्युटर शिक्षालाई समावेश गरेपनि अनिवार्य गर्न सकिएको छैन, प्रविधिको उपयोग र रोजगारको लागी कम्युटर ज्ञान अनिवार्य भएकाले विद्यालयतहको कक्षा पूरा गर्न लागेका विद्यार्थीलाई सिप सिकाउन लागिएको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।


विदुर नगरपालिकाले युवा लक्षित सिप र स्वरोजगार केन्द्रित कार्यत्रमलाई आगामी वर्ष अझै बृद्धि गर्ने नीति लिएको छ । चालु आर्थिक वर्षमा हस्तकला, सिकर्मी, डकर्मी, कपाल काट्ने, तरकारी खेती तथा पशुपंक्षी पालन सम्बन्धि तालीम प्राप्त गर्ने युवाको सङ्ख्या एक हजार भन्दा बढी रहेका छन् । आगामी वर्षको लागी तयारी भइरहेको बजेटमा यो सङ्ख्या अझै बढाएर स्वरोजगार अन्तरगत हस्तकला, लघुउद्यमी, कृषि तथा पशुपंक्षी पालनमा प्रोत्साहन गर्ने कार्यक्रम समावेश गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनु भएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस