खेल सुरु भएको ४ सेकेण्डमै गोल, वनदेवी विजयी
विदुर – खेल सुरु भएको ४ सेकेण्डमै गोल गर्दै एन्फा नुवाकोट जिल्ला लिग फुटबलमा वनदेवी युवा क्लबका क्याप्टेन आकाश रानामगरले नयाँ कीर्तिमान बनाएका छन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएकाो लिगको दोस्रो खेलमा वनदेवीका क्याप्टेन रानामगरले मध्यभागबाट सिधै गोल गरेका हुन् ।
यस्तै, न्यूस्टारका जर्सी नम्बर ४५ का दिनेश गुरूङले जवाफी १ गोल फर्काए । दोस्रो हाफमा वनदेवीमा जर्सी नम्बर ११ र ९ का खेलाडीले थप १/१ गोल गरे । वनदेवीले न्यू स्टारलाइ ३-१ गोल अन्तरले हराउँदै विजयी भए ।
खेलमा वनदेवीका आकाश रानामगर म्यान अफ दि म्याच घोषित भए ।
पहिलो दिनको खेल न्यु ईनारपाटी युवा क्लबले पिपलटार फुटवल क्बललाइ १-० गोल अन्तरले हराएको थियो । ईनारपाटीका गोविन्दप्रसाद रिमालले पेनाल्टीमार्फत् १ गोल गरेका थिए ।
जिल्ला फुटबल संघको आयोजनामा विदुर नगरपालिका-४ स्थित बट्टार फुटबल खेल मैदानमा जिल्ला लिग मङ्गलबारदेखि सुरु भएको हो । १२ टिम सहभागी खेल जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियाेगितामा विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस