Techie IT
गृहपृष्ठसमाचारसशस्त्र प्रहरी बल ककनी नुवाकोटले ईन्टरनेश्नल डे अफ युनाईटेड नेशन्स पिसकिपर्स मे २९ मा गर्यो बिभिन सामाजिक काम

सशस्त्र प्रहरी बल ककनी नुवाकोटले ईन्टरनेश्नल डे अफ युनाईटेड नेशन्स पिसकिपर्स मे २९ मा गर्यो बिभिन सामाजिक काम


सशस्त्र प्रहरी बल, नेपाल यू एन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटले  ईन्टरनेश्नल डे अफ युनाईटेड नेशन्स पिसकिपर्स मे २९ को अवसरमा विभिन्न कार्यक्रमहरु  गरेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालयबाट शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको नेतृत्वमा ३ शय ५० जना सशस्त्र प्रहरी कर्मचारीहरु,  जनप्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा वसन्ति दरवार, ककनी बजार, शिव मन्दिर, गणेश मन्दिर, थाई स्मृती पार्क, ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र, स्थानिय गुम्बाको सरसफाई गरिनुका साथै प्रभातफेरी तथा वृक्षारोपण गरिएको छ ।

त्यसैगरी शान्तिको प्रतिक परेवा जोडि उडाई सुरुवात गरिएको कार्यक्रममा शिक्षालयको परीसर भित्र सशस्त्र प्रहरी बल, नेपालले संयुत्त राष्ट्र संघको शान्ति स्थापनार्थ विभिन्न समयमा परिचालित हुँदा प्राण उत्सर्ग गर्नु भएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मानमा उहाँहरुको तस्विरमा पुष्प गुच्छा तथा फूलमाला अर्पण गरिऐको थियो ।

add

उक्त कार्यक्रममा संयुत्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दशौं डफ्फाको रुपमा साउथ सुडानमा आफ्नो कार्य, कौशल कुशलता पूर्वक कार्य सम्पादन गरी स्वदेश फिर्ता हुनुभएका सशस्त्र प्रहरी कर्मचहरीहरुको मध्यबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रामकुमार सरदारलाई उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी छनौट गरी प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको छ ।


कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले देश विदेशमा रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु लाई जहाँ जुन स्थानमा खटाई कार्य गरेपनी उच्च हौसला र मनोबलका साथ कार्य क्षेत्रमा परिचालन भई अनुशसित र व्यावसायिक ढंगबाट कार्य संपादन गर्न आग्रह गर्नुभएको छ ।

खड्काले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो जिम्मेवारी क्षेत्र भित्रका स्थानिय आमजनमानस सँगको सहकार्य र यस किसिमका सामाजिक कार्यमा सरिक हुन पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता सामाजिक कार्यमा सहभागि हुन सशस्त्र प्रहरी बल, नेपाल हमेशा तयार रहने प्रातिवद्वता ब्यक्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सशस्त्र प्रहरी बल

प्रतिक्रिया दिनुहोस