Techie IT
गृहपृष्ठसमाचारआगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय, सहकार्य गरेर एकआपसमा विश्वासको वातावरण सिर्जना गरी जानुपर्ने आवश्यकता रहेको बताए ।

add

उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ‘हिमाल जोगाऔं मानव बचाऔं, नेपालको पहिचान सहासी सान’ भन्ने नारासहित नेपाल सरकारको बजेटमा नै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको उल्लेख गरे ।

‘नेपाल सरकारको तर्फबाट अर्थमन्त्री वर्षमान पुनज्युले बजेट वक्तव्यका क्रममा हिमाल जोगाऔं मानव बचाऔं, नेपालको पहिचान सहासी सान भन्ने नारासहित नेपाल सरकारको बजेटमै आगामी वर्ष नेपालमा १६ लाख पर्यटक आगमनको लक्ष्य निर्धारण गर्नुभएको छ । यो लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय, सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौं । त्यो लक्ष्य पूर्णरुपमा सफल हुनेछ ।’

मन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनको लागि एक समिति गठन गरेको बताए । समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन पेस गर्ने उनले विश्वास व्यक्त गरे ।

कान्तिपुर बाट शाभार


क्याटेगोरी : समाचार
ट्याग : #पर्यटक भित्र्याउने सरकारको लक्ष्य

प्रतिक्रिया दिनुहोस